११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

कांग्रेसको चुनावी संकल्पपत्र शनिबार सार्वजनिक गर्ने तयारी



नेपाली कांग्रेसको चुनावी संकल्पपत्र शनिबार (भोलि) सार्वजनिक गर्ने तयारी छ । आसन्न निर्वाचनलक्षित संकल्पपत्र सार्वजनिक गर्न लागिएको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले संकल्पपत्र भोलि सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए ।

निर्वाचन घोषणापत्र बिना नै मत माग्न सुरु गरेको कांग्रेसको संकल्पपत्र प्रधानमन्त्रीसमेत रहेको पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्नेछन् ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माकाअनुसार स्थानिय तह निर्वाचन प्रयोजनका लागि जारी गरेको संकल्पपत्रमा केही थपघट गरी संकल्प प्रस्ताव तयार पारिएको छ । ‘निरन्तरतमा नविनता’ नाराका साथ संविधान कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको सवलीकरणलाई प्राथमिकतामा राखिएको महामन्त्री शर्माले जानकारी दिए ।

तीन खण्डमा तयार पारिएको उक्त संकल्पपत्र तिहार अघि नै सार्वजनिक गर्ने भनिए पनि प्राविधिक कारण देखाउँदै यसअघि पटक–पटक स्थगित गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !