७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

तिमी मेरो पार्टीको भोटर हैन भन्दै वडा अध्यक्षले महिलाको सिफारिस पत्र च्यात्तिदिए



महोत्तरी । गौशाला नगरपालिका वडा नं. १२ अध्यक्ष कुशेश्वर सिंहले एकल महिलाले वडाबाट लिएको सिफारिस पत्र च्यातिदिएका छन् । सामाजिक सुरक्षा भत्ताको कार्ड बनाउन गएकी एकल महिलाको सिफारिस पत्र अध्यक्षले च्यातिदिएका पीडित महिलाले आरोप लगाएकी छिन् । 

एकल महिला भत्ताको कार्ड बनाउन सिफारिस गरिदिनु भन्दा वडाध्यक्षले श्रीमान्‌को मृत्यु भएको सिफारिस नै च्यातिदिएका पडरिया निवासी पीडित बिन्दा देवी राउतले बताइन् । राउतका श्रीमान् कैलाशको दुई वर्ष पहिले जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।

श्रीमान्‌को मृत्युपश्चात् एकल महिला (विधुवा)को सामाजिक सुरक्षा भत्ता राज्यबाट पाउने व्यवस्था भएअनुसार बिन्दाले पनि बुझ्दै आएकी थिइन् । वडाबाट सुरक्षा भत्ताको कार्ड नबनेका कारण चालु आर्थिक वर्षमा उनले भत्ता पाउन सकेकी छैनन् । पटक-पटक भत्ता लिन जाँदा बैंकले नदिए पछि किन रोकिएको भनेर सोध्न जाँदा अध्यक्ष सिंहले ‘तिमी मेरो पार्टीको भोटर हैन’ भन्दै सिफारिस पत्र च्यात्तिदिएको राउतले बताइन् ।वडाध्यक्ष सिंहले भने आफूले सिफारिस च्यातेको नभई आफूलाई आरोप लगाइएको दाबी गरे ।


प्रतिक्रिया दिनुहोस !