१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

भारतीय गाडीमा सिके राउतको विजय जुलुस



काठमाडौं । सप्तरी–२ बाट भारी मतका साथ विजयी बनेका जनमत पार्टीका अध्यक्ष सिके राउतको आज विजय र्‍याली गरिएको छ । उक्त र्‍यालीमा ठूलो संख्यामा समर्थकहरू सहभागी भए । मत परिणाम घोषणापश्चात् राउतसहित प्रदेशसभाका विजयी उम्मेदवार जिल्ला निर्वाचन आयुक्तको कार्यालयमा प्रमाणपत्र लिन पुगेका थिए । प्रमाणपत्र लिएर निस्केपछि उनीहरू विजय र्‍यालीमा सहभागी भएका हुन् । त्यस क्रममा उनीहरू भारतीय नम्बर प्लेटको गाडीमा सवार भएका थिए ।

आज घोषित परिणाम अनुसार राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै चुनाव जितेका हुन् । सप्तरी २ मा १८ हजारभन्दा बढी मतान्तरले उनले यादवलाई पछि पारेका छन् ।

निर्वाचित भएको प्रमाणपत्र लिएपश्चात् राउतले सरकारी निकायको सेवा प्रवाहलाई प्रमुख एजेन्डा बनाउने बताए । साथै, आफ्नो क्षेत्रलाई पाँच वर्षमा पूर्ण साक्षर बनाउने दाबी उनले गरे ।


प्रतिक्रिया दिनुहोस !