१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

मुलुक थप अस्थिर हुने भयो : अध्यक्ष ओली



बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि मुलुकमा थप अस्थिरता पैदा हुने बताएका छन् । निर्वाचनले मुलुकलाई स्थायित्व र स्थिर सरकार बनाउने आशा गरिएपनि त्यसो हुन नसकेको उनको टिप्पणी छ ।

झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि बिहीबार दमक आएर मतदातालाई धन्यवाद दिने क्रममा ओलीले निर्वाचन परिणामले सुरुवातदेखि नै दल तथा सांसदहरुको मोलमोलाई सुरु हुने दाबी गरे ।

‘निर्वाचनपछि मुलुकमा स्थिर सरकार बन्छ । मुलुकले एउटा दिशा पाउछ भन्ने आशा थियो । तर, त्यसो भएन,’ उनले भने,‘अहिलेसम्मको परिणामले कुनै पनि दलको बहुमत नपुग्ने भयो । यसले निर्वाचनपछिको सरकार बनाउनै मुस्किल हुने अवस्था छ । फेरिपनि सुरुदेखि नै दलहरुको मोलतोल र सांसदहरुको भाउ कसेर किनबेच चल्ने भयो ।’

दलहरुले मतदाताको भावना र चाहनालाई सम्बोधन गर्न नसक्दा केही दल तथा सांसद भाग्यवस संसद्को यात्रा तय गर्न सफल भएको उनले टिप्पणी गरे । ओलीले अब बन्ने सरकारले फेरिपनि मुलुक र जनताको लागि काम गर्न नसक्ने दाबी गरे ।


प्रतिक्रिया दिनुहोस !