१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

रुपन्देहीमा कांग्रेसका ११ नेताले मागे जिल्ला सभापतिको राजीनामा



बुटवल । गृहमन्त्री बालकृष्ण खाँण प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि रुपन्देही कांग्रेसभित्र अन्तर्घातको आरोप प्रत्यारोपसहित आन्तरिक किचलो सुरु भएको छ । जिल्लामा रुपन्देही ३ बाट गृहमन्त्री खाँण, रुपन्देही ४ मा भरत शाहले चुनाव हारेका थिए । दुबै जना पार्टीभित्र संस्थापन पक्षका हुन् । उनीहरूले हारेपछि संस्थापन पक्षले पार्टीभित्रको अन्तर्घातका कारण पराजय व्यहोर्नुपरेको आरोप लगाएका छन् ।

संस्थापन पक्ष निकटका नेताले अन्तर्घातको आरोप लगाएपछि संस्थापन इतरका ११ जना नेताले बुधबार विज्ञप्ति जारी गर्दै रुपन्देहीमा कांग्रेसको नतिजा निराशाजनक आउनुमा जिल्ला नेतृत्वले नैतिक जिम्मेवारी लिंदै राजीनामा दिनुपर्ने माग गरेका छन् । रुपन्देहीमा गृहमन्त्रीका भाइ रामकृष्ण खाँण कांग्रेसका जिल्ला सभापति छन् । पदाधिकारीमा पनि संस्थापन पक्षको बाहुल्य छ ।


प्रतिक्रिया दिनुहोस !