७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

स्याङ्जा २ मा धनराज गुरुङ ६५४ मतले अघि, पछ्याउँदै पद्मा अर्याल



काठमाडौं । स्याङ्जा २ मा पछिल्लो मत गणनामा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन् । अहिलेसम्म गल्याङ नगरपालिकाको ६ र ७ नम्बर वडा तथा भीरकोट नगरपालिकाको ५, ६, ७ र ८ नम्बर वडाको मत गणना भइरहेको छ ।

पछिल्लो विवरणअनुसार गुरुङले ३९०१ मत प्राप्त गर्दा एमालेकी पद्मा अर्यालले ३२४७ मत प्राप्त गरेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७६१ मत प्राप्त गरेका छन् । अहिलेसम्म ८४६५ मत गणना भएको छ ।


प्रतिक्रिया दिनुहोस !