८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

रोकिएन नेपालको खराब यात्रा, स्कटल्यान्डसँग ८ विकेटले पराजित



काठमाडौं । पछिल्लो समय खराब लयबाट गुज्रिरहेको नेपाल स्कटल्यान्डसँग पनि पराजित भएको छ। आईसीसी विश्वकप लिग टूको त्रिदेशीय सिरिजअन्तर्गत बिहीबार भएको एकदिवसीय खेलमा नेपाल स्कटल्यान्डसँग ८ विकेटले पराजित भएको हो ।

नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा भएको खेलमा स्कटल्यान्डले नेपालले दिएको १ सय २० रनको लक्ष्य २ विकेट क्षतिमा १६ ओभर ५ बलमा भेट्टाएको हो। 

स्कटल्याण्डलाई जिताउने क्रममा क्रिस्टोफर म्याकब्रिडिले अविजित ४६ र जर्ज मुन्सिले ४५ रनको योगदान दिए। उसका लागि कायल कोट्जरले १६ रन बनाए। पराजित नेपालको तर्फबाट गुलसन झा र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट झार्न सके। 


प्रतिक्रिया दिनुहोस !