१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

चन्द्रागिरि पुगेपछि बलिउड अभिनेता विवेकले भने– सुन्दर पर्यटकीय गन्तव्य



काठमाडौ । भारतका चर्चित अभिनेता विवेक ओबेरोयले आज चन्द्रागिरि हिल्सको भ्रमण गरेका छन्। पारिवारिक भ्रमणमा नेपाल आएका विवेक ओबेरोयले भ्रमणका क्रममा भालेश्वर महादेवको दर्शन गर्नुका साथै चन्द्रागिरि हिल्स रिर्सोटमा लन्च गर्दै मनोरम दृश्यावलोकन गरेका हुन्। 

अभिनेता ओबेरोयलाई चन्द्रागिरिमा चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक सञ्जीव थापाले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए। 

ओबेरोयले चन्द्रागिरि भ्रमणबारे प्रतिक्रिया दिँदै काठमाडौंको उच्च स्थानमा अत्यन्तै सुन्दर पर्यटकीय गन्तव्यको रुपमा चन्द्रागिरि रहेको बताए।

साथै चन्द्रागिरि हिल्सका सम्पूर्ण परिवारलाई समेत धन्यवाद दिएको कम्पनीले जनाएको छ।  

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँच तारे लक्सरी रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !