१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

कांग्रेस संसदीय दलको निर्वाचन : मतदानमा ढिलाइ किन ?



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न आज बिहान आठ बजेदेखि सुरु गर्ने भनिएको मतदान अझै सुरु भएको छैन । केही सांसदहरुले भोट हाल्ने ठाउँसम्म मोबाइल लैजान पाउनुपर्ने माग गरेपछि मतदानमा ढिलाइ भएको हो ।

एक जना केन्द्रीय नेताका अनुसार देउवा पक्षका सांसदहरुले भोट हाल्ने ठाउँसम्म मोबाइल लैजान पाउनुपर्ने माग गरेपछि मतदानमा ढिलाइ भएको हो । नियमअनुसार मतदानस्थलमा मोबाइल निषेध गरिएको छ ।निर्वाचन समितिले आज बिहान ८ बजेदेखि १० बजेसम्म मतदानको समय निर्धारण गरेको थियो । मतदान गर्न सांसदहरु बिहानै सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगिसकेका छन् । प्रहरीले उनीहरु निर्वाचित भएको प्रमाणपत्र हेरेर मात्र प्रवेश गर्न दिएका छन् ।

संसदीय दलको नेताको लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा उम्मेदवार छन् ।


प्रतिक्रिया दिनुहोस !