१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न सरकारको निर्देशन



काठमाडौं । सरकारले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ ।

बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको छ । यसको अनुगमन नागरिक उड्डयन प्राधिकरणले गर्नेछ ।बैठकपछि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भने, ‘यो व्यवस्थाले हवाई दुर्घटना हुन नदिन भूमिका खेल्ने हाम्रो विश्वास छ ।’

७२ जना सवार यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले पूर्व सचिव नागेन्द्र घिमिरेको नेतृत्वमा जाँच आयोग पनि बनाएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय