४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

बोडेमा आगलागीबाट १५ लाखको क्षति



काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ स्थित बोडेमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ । शनिवार साँझ बोडे पेट्रोल पम्प ओरालोमा रहेको नवदुर्गा पेपर फ्याक्ट्रीमा आगो लागेको थियो ।अण्डाको क्रेट बनाउने सो फ्याक्ट्रीमा आगलागीबाट करिब १५ लाखको क्षति भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए । कटुञ्जे घर भएका ४० वर्षीय राकेश सुवालले सञ्चालन गरेको पेपर फ्याक्ट्रिमा ३ लाख बजारको कागज र १२ लाख मुल्य पर्ने जेनेरेटर जलेको छ । बिजुलीको करेन्ट सट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको डिएसपी पाण्डेले बताए । घटनाबारे प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ । 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय