१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

तराईमा हुस्सु, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने



काठमाडौं । मौसममा आज आंशिकदेखि सामान्य बदली भएको छ । तराईका भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ । बाँकी भू-भागमा भने सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो र राति देशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ । मौसम बदली बुधबारसम्मै कायम रहने छ । मंगलबार र बुधबार पनि उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय