१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

मानवता हराएको नेपाली समाज, मानिसहरु जलिरहदा फेसबुकमा लाइभ गर्नेहरुको घुइँचो



काठमाडौं । आईतबार भएको बिमान दुर्घटनाले सिङ्गो देश शोकमा छ । शोकका बाबजुद हिजो दुर्घटना पछी देखिएको परिदृश्यको देशभरी आलोचना भैरहेको छ । के नेपाली समाजमा मानवता हराएकै हो त रु भन्ने प्रश्न गर्न थालिएको छ ।

माघ १ बिहान ११ बजे गण्डकी प्रदेश राजधानी पोखरामा विमान विष्फोट भयो । सञ्चार माध्यममा काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटिआर–७२ बिमान सेती नदिको खोचमा खसेको समाचार जताजतै देखिन थाले । बिस्पोट भएको ठाँउमा प्रहरी लगाएत सुरक्षाकर्मी उद्दारका लागी परिचालीत भए । घटनास्थलमा एकाएक भीड जम्मा भयो । माघी पर्वको रमझममा रमाईरहेको सिङ्गो देश घट्नाको पुष्टिपछी एकाएक शोकमा डुब्न पुग्यो ।

तर घटनामा मानव जिवन उद्दारका लागी सुरक्षाकर्मी खटिहिरहदा मानवता माथि नै प्रश्न उठाउने एक दृश्य पनि सञ्चार माध्यममा देखिईरहेको थियो । उक्त दृश्यमा घटनास्थलमा सेल्फी टिकटक फेसबुक लाईभ गरिरहेका हरुको भिडले उद्धारमा समेत समस्या सिर्जना भएको देखिन्थो । ट्राफिक अस्तव्यस्त बन्दा दुर्घटनास्थल सम्म सुरक्षाकर्मी , उद्दार टोली र एम्बुलेन्स पुग्न पनि हम्य हम्य परेको थियो । आगो निभाउनका जाने दमकल एवं पानीका ट्यांकर पुर्याउनसमेत समस्या सिर्जना हुदा उद्धार कार्य नै प्रभावित भएको थियो ।

देश शोकमा थियो विमान सवार आफन्तहरुको घरघरमा हहाकार मच्चिएको थियो । तर त्यहा उपस्थित समुदाय समाजिक सञ्जालको लतमा यसरि रुमलिएको थियो कि उनीहरुको समाजिक सञ्जालमा भाईरल हने होडबाजीले उद्दारमा त समस्या निम्तयायो नै यससंगै नेपाली समाजमा हराएको मानवतालाई पनि उजागर गर्यो ।

मानवता के हो ?

मानवता भनेको जहिले पनि सम्भव भएसम्म अरूको मद्दत गर्नु हो, आफ्नो स्वार्थलाई बिर्सनु हो । जब अरूलाई तपाईंको मद्दत चाहिन्छ, पृथ्वीमा रहेका प्रत्येक प्राणीलाई निःशर्त प्रेम विस्तार गर्नु हो, गरिब र अशक्तहरूको सेवा गर्नु हो । जसअन्तर्गत भलाई, सहयोग, आदर, सहअस्तित्वको भावना, मेलमिलाप, सद्भाव, प्रेम, नम्रता, एकता, सहनशीलता, धैर्यता सकारात्मक आचरण पर्छन् । तर यी मध्य कुनै पनि सकारात्मक आचरण हिजो दुर्घटनामा समाजले देखाएन । नेपाली समाजमा समग्रमा ईश्वरत्व छैन र समाजकमा मानवता बिलिन हुदै छ भन्ने कुरा हिजोको घटनामा देखिएको दृश्यले उजागर गरेको छ ।


प्रतिक्रिया दिनुहोस !