१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

हुम्लामा हिमपात



काठमाडौं । हुम्लामा बिहीबार साँझदेखि हिमपात सुरु भएको छ। हिमपातका कारण अत्यधिक चिसो बढेपछि सर्वसाधारणलाई कष्टकर भएको छ।

सदरमुकाम सिमकोटमा बिहानैदेखि चहलपहल समेत घटेको छ। यसअघिका वर्षहरुमा मंसिरदेखि नै हुम्लामा हिमपात हुने गरेको थियो। स्थानीयवासीका अनुसार उच्च हिमाली भेग लगायत जिल्ला सदरमुकाममा बाक्लो हिमपात भएको छ।

हिमपातपछि बालीनाली सप्रिने भन्दै यहाँका किसान खुसी भएका छन्। सिमकोटमा चिसो बढेसँगै सरकारी तथा गैरसरकारी कार्यालयबाट सेवा लिन समेत समस्या भएको छ।


प्रतिक्रिया दिनुहोस !