८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

सरकारको बागडोर हात लागेपछि दुई स्वतन्त्र सांसद जसपामा प्रवेश



काठमाडौं । मधेस प्रदेशसभामा स्वतन्त्र निर्वाचित दुई प्रदेशसभा सदस्य जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् । महोत्तरी क्षेत्र नं २ ९२० बाट निर्वाचित प्रदेशसभा सदस्य सुरिता साह र पर्सा–३ ९१० बाट निर्वाचित प्रमोदकुमार जैसवाल जसपामा प्रवेश गरेका हुन् ।

दुवै प्रदेशसभा सदस्यलाई आज बालकुमारीस्थित जसपाको पार्टी कार्यालयमा अध्यक्ष उपेन्द्र यादवले स्वागत गर्दै पार्टी प्रवेश गराएका जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिए । उनका अनुसार मधेस प्रदेशसभामा जसपाको १६ प्रदेशसभा सदस्य रहेकामा थप दुई प्रवेश गरेपछि प्रदेशसभामा अब १८ जना भएका छन् ।


प्रतिक्रिया दिनुहोस !