८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

पाश्चात्य संस्कृतिले नेपालको संस्कृतिलाई विस्थापन गर्दैछ : प्रम प्रचण्ड



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली हुँदा पनि पछिल्लो समय पाश्चात्य संस्कृतिले राष्ट्रिय संस्कृतिलाई विस्थापन गर्न लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले एउटा संस्कृतिलाई काखा र अर्कोलाई पाखा गर्दा यस्तो अवस्था आएको बताएका हुन् ।

२८५९ औँ तामाङ ल्होसारको उपलक्ष्यमा काठमाडौंको टुंडिखेलमा आयोजना गरिएको सोनाम ल्होसार समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले ल्होसार पर्व तामाङ जातिको मात्रै नभएर राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व भएको बताए । प्रधानमन्त्री दाहालले सबै संस्कृिलाई समान रूपमा हेर्नुपर्ने बताए । उनले भने, ुल्होछार पर्व केबल तामाङको मात्र पर्व होइन, यो राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि हो । नेपालमा यस्ता ऐतिहासिक एंव वैज्ञानिक महत्त्व बोकेको थुप्रै पर्व छन् । तर, विगतको सामन्ती राज्यले एउटालाई काखा र अरुलाई पाखा गर्नाले नेपालका धेरै संस्कृतिहरू लोप भएर जाँदैछन्। मानव सभ्यता मर्दैछ । अर्कातिर पाश्चात्य संस्कृतिले राष्ट्रिय संस्कृतिलाई विस्थापन गर्दैछ । यो परिप्रेक्ष्यमा राज्यले ती सबै राष्ट्रिय संस्कृतिको प्रवर्धन गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।ु

नेपालमा बसोबास गर्ने सबै जातजातिको आ—आफ्नो भिन्नभिन्न परम्परा, रितिरिवाज र संस्कृतिहरू रहेका छन् । यी सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति हो । यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीको लागि गौरवको कुरा हो, यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत हो।’


प्रतिक्रिया दिनुहोस !