७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा वर्षा सँगै हिमपात



सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा वर्षा सँगै हिमपात भएको छ । हिमाली जिल्लाहरू हुम्ला, डोल्पा, मुगु, जुम्लामा हिमपात भएको छ । यस्तै, कालिकोटमा अग्ला लेकहरूमा हिमपात भएको छ भने सदरमुकाम मान्म बजारमा वर्षा भइरहेको छ ।

हिमाली जिल्लामा परेको हिमपातले कोदो, चिनु, कागुनो, फापरलगायतका कात्तिके बाली राम्रो हुने त्यहाँका किसान बताउँछन् । त्यस्तै, कालिकोट हिउँदे वर्षा भएपछि त्यहाँका किसानहरू खुसी भएका छन् ।

चिसोका कारण स्थानीयहरू घर बाहिर निस्किन सकेका छैनन् । अहिले हुम्ला सिमिकोटको तापक्रम ३ डिग्री सेल्सियस छ। बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयवासीले बताएका छन् । हिमपातका कारण चिसो पढेसँगै जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय