दराजमै थन्कियो विज्ञान नीति « Name of Truth News : News Portal in Nepal
   ५ कार्तिक २०७८, शुक्रबार
 |   Fri Oct 22 2021
Logo

दराजमै थन्कियो विज्ञान नीति



काठमाडौँ । राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति स्वीकृत भएको एक वर्ष बित्दा पनि कार्यान्वयन हुन सकेको छैन । कार्यान्वयन हुन नसक्दा सो नीति दराजमा थन्किएर दस्तावेज भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नीतिका आधारमा कानुन बन्ने र त्यसपछि कार्यान्वयनमा जाने बताउँदै भन्नुभयो, “कार्यान्वयनको प्रक्रिया लामो हुने रहेछ ।” नीतिको पुछारमा राष्ट्रिय विज्ञान प्रविधि विकास तथा समन्वय परिषद् गठनको व्यवस्था छ । शिक्षा मन्त्रीको अध्यक्षतामा रहने सो परिषद् मात्र गठन भएको छ । मन्त्री पोखरेलले नीतिगत स्पष्टता होस् भनेर विभिन्न अध्ययन कमिटीका साथै नीतिका आधारमा अगाडि बढ्न विज्ञान तथा प्रविधि सचिवको नेतृत्वमा रणनीतिक योजना तयार गरिरहेको जानकारी दिनुभयो ।

विज्ञान प्रविधिको विकास, नवप्रवर्तनको उपयोग र वैज्ञानिक संस्कृतिको प्रवद्र्धनबाट उत्पादन तथा उत्पादकत्व वृद्धि गरी नागरिकको गुणस्तरीय जीवनयापनमा सहयोग गर्दै समृद्ध नेपाल निर्माणमा योगदान गर्ने लक्ष्य नीतिले लिएको छ ।
बायो, न्यानो तथा न्युक्लियर प्रविधिको विकास र उपयोगबाट कृषि क्षेत्रको व्यवसायीकरण, विविधीकरण एवं आधुनिकीकरणमा सहयोग गर्ने, विज्ञान शिक्षणलाई प्रयोगात्मक क्रियाकलापसँग आबद्ध गरी शिक्षणलाई व्यावहारिक र रुचिपूर्ण बनाउने, प्रत्येक युवा नेपाली नागरिकलाई प्राविधिक सीपयुक्त र दक्ष बनाउन विज्ञान प्रविधिसम्बन्धी तालिम तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने, युवा वैज्ञानिक स्वयंसेवा (जनतासँग युवा वैज्ञानिक) कार्यक्रम सञ्चालन गर्ने विषयलाई विज्ञान नीतिमा समावेश गरिएको छ ।

यस्तै प्रतिस्पर्धाका आधारमा अनुसन्धान वृत्ति, छात्रवृत्ति, प्रतिभा कदर प्रोत्साहन, सहुलियतपूर्ण विज्ञान प्रविधि तथा नवप्रवर्तन ऋण तथा पुरस्कारको व्यवस्था गर्ने, नवप्रवर्तन प्रतिभालाई प्रविधि विकासमा संलग्न हुन प्रादेशिक तथा स्थानीय तहमा विज्ञान तथा नवप्रवर्तन प्रवद्र्धन केन्द्रको विकास गरिने समेटिएको छ ।पारमाणिक, रासायनिक तथा जैविक पदार्थको वैज्ञानिक अनुसन्धान र शान्तिपूर्ण प्रयोगका लागि आवश्यक प्रविधिको विकास गर्ने, भौतिक विज्ञान र जीव विज्ञानको अनुसन्धानशाला विकास गर्ने, विज्ञान प्रविधि तथा नवप्रवर्तन कोषको स्थापना गर्ने लगायतका महìवाकाङ्क्षी नीति एवं कार्यनीति समेटिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले नीति कार्यान्वयनमा लैजान दृष्टिकोण र पर्याप्त जनशक्तिको पनि समस्या भएको उल्लेख गर्दै भन्नुभयो, सबैतिर अपेक्षा ठूलो छ । धान्न सक्ने गरी काम गर्नुपर्नेछ ।

उहाँले देशका ६३७ पालिकामा प्राविधिक विद्यालयको पहुँच पुगेको र थपमा विस्तार गर्ने काम भइरहेको प्रसङ्ग उल्लेख गर्दै मुलुकमा करिब ९० हजार वैज्ञानिक रहेको र त्यो जनशक्तिलाई परिचालन गर्नु जरुरी भएको बताउनुभयो ।

वेबसाइटको शुभारम्भ

यस वर्षको राष्ट्रिय विज्ञान दिवस बिहीबार ‘स्वस्थ र गुणस्तरीय जीवनका लागि विज्ञान’ भन्ने नाराका साथ मनाइँदैछ । यस अवसरमा बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले तयार गरेको वेबसाइटको मन्त्री पोखरेलले बुधबार शुभारम्भ गर्नुभयो ।

विकास समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले विज्ञानबाट मुलुक परिवर्तन गर्न अब वैज्ञानिक क्रान्तिको आवश्यक रहेको बताउनुभयो । अमृत साइन्स क्याम्पस स्थापना भएको दिनलाई गत २०७० सालबाट राष्ट्रिय विज्ञान दिवसका रूपमा मनाइन थालिएको हो । कोभिड–१९ का कारण यसपटक भर्चुअल रूपमा यो दिवस मनाइँदैछ ।


प्रतिक्रिया दिनुहोस !


एमालेको दशौँ महाधिवेशनको स्थान फेरियो



काठमाडौं । नेकपा एमालेले आगामी मंसिरमा बुटवलमा गर्ने तय भएको दसौँ राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तन भएको छ । महाधिवेशन बुटवलको साटो चितवनमा हुने भएको छ । विहीबार बसेको स्थायी कमिटीको बैठकले दसौँ महाधिवेशन बुटवलबाट चितवन सार्ने निर्णय गरेको हो । बिहीबारको स्थायी कमिटी बैठकले असोज १५–१७ गते गोदावरीमा सम्पन्न विधान महाधिवेशनको समीक्षा गरेको बैठक पछि एक नेताले जानकारी दिए ।

साथै, १० बुँदे सहमतिका विषयमा विहिबारको बैठकमा छलफल हुने एक स्थायी कमिटी सदस्यले बताए । बुधबार एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले १० बुँदको औचित्य सकिएको बताएपछि तेस्रो धारका नेताहरु असन्तुष्ट देखिएका छन् ।​ यसैबीच दसौँ महाधिवेशन सफल पार्नका लागि रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी पनि गठन गरिएको बैठकपछि पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले पत्रकारहरुलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !

पचास प्रतिशत बढी जापानीहरु चीनको पक्षमा, अमेरिका मुख्य बाधक भएको ठहर



काठमाडौं । अधिकांश जापानीहरु अमेरिकाभन्दा चीनसँग नजिक हुनु पर्ने पक्षमा रहेको चिनिँया समाचार संस्था ग्लोबल टाईम्सले दाबी गरेको छ । सन् २०२१ मा चीन जापान सम्बन्ध जनमत सर्वेक्षणको नतिजा बुधवार बेइजिंग र टोकियोमा जारी गरिएको थियो । अनुसन्धानले पचास प्रतिशत बढी मानिसहरु अमेरिकाभन्दा चीनसँग नजिक हुनु पर्ने पक्षमा रहेका छन् । सो सर्वेक्षणमा सहभागी अधिकांश जापानीहरुले अमेरिका नै चीन र जापानको सम्बन्धमा मुख्य अवरोध रहेको बताएका छन् ।

सन् २००५ मा शुरू भएको वार्षिक सर्वेक्षण, दुई देशहरुको लागि सार्वजनिक राय बुझ्न र आपसी समझदारीको बढावाको लागि अध्ययन थालेको थियो । यस वर्षको सर्वेक्षण चीनको विदेशी भाषा प्रकाशन प्रशासन र एक जापानी थिंकट्यांक जेनरोन एनपीओले अगस्टको अन्त्यदेखि सेप्टेम्बरको अन्त्यसम्म दुई देशमा संयुक्त रूपमा सर्वेक्षण सञ्चालन गरिएको थियो। चीन र जापान दुबै देशका उत्तरदाताहरु द्विपक्षीय सम्बन्धको महत्वमा उच्च प्राथमिकतामा राखेका थिए । क्षेत्रीय सहयोग र वैश्विक चुनौतिहरुको विषयमा चिन्ता देखाएका थिए ।

सर्वेक्षणमा ७०.९ प्रतिशत चिनियाँ र ६४.४ प्रतिशत जापानी उत्तरदाताले चीन र जापान द्विपक्षीय सम्बन्ध महत्वपूर्ण रहेको बताए । त्यस्तै विश्वव्यापी महामारीको बीचमा जापानले टोकियो ओलम्पिकको सफल आयोजना गरेकोमा चिनियाँ उत्तरदाताहरुले उच्च प्रशंसा व्यक्त गरेका छन्। सर्वेक्षणले ८०.६ प्रतिशत चिनियाँ र ५६.४ प्रतिशत जापानीहरुले इतिहासलाई चीन र जापान सम्बन्धमा एक प्रमुख समस्याको रुपमा लिएका छन् । जबकि ६२.४ प्रतिशत चिनियाँ र ५६.७ प्रतिशत जापानीहरुले सीमा दुई देशको बीचमा भएको सीमा विवादलाई सम्बन्धमा बाधा पर्ने सबैभन्दा महत्वपूर्ण मुद्दा भनेका छन् । एसियाको क्षेत्रीय मामिलामा कोरियाली प्रायद्वीपको परमाणु निशस्त्रीकरण, चीन र जापान समुद्री र वायु संकट व्यवस्थापन, उर्जा संरक्षण र वातावरणीय संरक्षण दुबै पक्षमा उत्तरदाताहरुको मुख्य चासो थियो।

प्रतिक्रिया दिनुहोस !

मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान नगरी प्रदेशसभा बैठक स्थगित



काठमाडौं । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मतदान नगरी बागमती प्रदेशको प्रदेशसभा बैठक कात्तिक १० गतेसम्म स्थगित भएको छ । बिहीबारको बैठकमा मुख्यमन्त्री शाक्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएपछि सभामुख सानुकुमार श्रेष्ठले कात्तिक १० गतेसम्मका लागि बैठक स्थगित गरिदिएका हुन् ।

बैठकमा मुख्यमन्त्री शाक्यले आफूलाई विश्वासको मत दिन प्रदेशसभासमक्ष प्रस्ताव गरेकी थिइन् । तर विपक्षी गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल, नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टीका सांसद प्रेमबहादुर तामाङले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिन नसक्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: