८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

प्रमोद खरेलको कार्यक्रममा भागदौड, दुईवटा एम्बुलेन्समा घाइतेलाई अस्पताल लगियो



धनकुटा । धनकुटामा महोत्सव अन्तर्गत सांगितक कार्यक्रममा भागदौड हुँदा केही घाइते भएका छन् । गायक प्रमोद खरेलले गीत गाइरहँदा दर्शकहरूको धकेलाधकेलका कारण भागदौड मच्चिएको बताइएको छ । धनकुटा बजारको टुँडिखेलमा भएको कन्सर्टमा प्रमोद खरेलको प्रस्तुतिको क्रममा ठेलमठेल भएको र घाइते हुनेहरूमा केही बालबालबालिका पनि रहेको स्थानीयले बताए ।

धनकुटा प्रहरी प्रमुख एसपी लक्ष्मी अधिकारीले आफू घटनास्थलमा भएको भन्दै अहिले बोल्ने अवस्था नभएको बताए । घटनाका प्रत्यक्षदर्शी खेमराम बस्नेतका अनुसार गेट ठेलेर एक हुल मान्छे छिरेपछि सयौं दर्शक लडेका थिए । दु्ईवटा एम्बुलेन्सले घाइते बोकेको आफूले देखेको उनले बताए । माघ ६ देखि जारी सांगितिक कार्यक्रम उक्त घटनापछि स्थगित गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !