१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

आजको मौसम : पश्चिम नेपालमा पानी पर्ने



काठमाडौं । आज पनि कर्णाली र सुदूरपश्चिमका केही भूभागमा पानी र हिमपातको सम्भावना रहेको छ ।आज दिउँसोदेखि रातिसम्म उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । ती प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

मंगलबार पनि कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।


प्रतिक्रिया दिनुहोस !