
विराटनगर । धनकुटा महोत्सवमा भएको भाग दौडमा परेर च्यापिएका मध्ये २ जना बालकको अवस्था गम्भीर भएको छ । घाइते मध्ये धनकुटा–५ का विष्णु राईका ६ वर्षीय छोरा अविहाङ लिम्बू र नाम नखुलेको करिब ४ वर्षीय बच्चाको अवस्था गम्भीर छ ।
उनीहरूको गोल्डे अस्पताल विराटनगरमा उपचार भइरहेको धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले बताए । १६ जनाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
महोत्सवमा किचिएर घाइते भएका ३२ जनालाई उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो ।त्यहाँबाट थप उपचारका लागि रिफर भएका १६ जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले बताएको छ । घाइते मध्य १२ जना जिल्ला अस्पतालमा उपचार पछि घर फर्किएका छन् ।घाइते मध्य अधिकांश बालबालिका छन् । जिल्ला अस्पताल धनकुटाले रेफर गरेका घाइतेको नामावली
१. विष्णु राई धनकुटा ५
२. अबिहाङ लिम्बू (विष्णुको छोरा)
३. गोमा कार्की
४. अनिषा राई
५. नारायण राई
६. ३ वर्षीय बच्चा (नाम नखुलेको)
७. प्रकट श्रेष्ठ
८. बुद्दिमाया लिम्बु
९. सबिन पौडेल
१०. सन्दिप साह
११. प्रवेश राई
१२. श्रेया कटुवाल
१३. हिरा राना
१४. अनुषा राई
१५. बिनिता लिम्बु
१६. सबिन लिम्बु
१७. सुनिल लिम्बु
१८. प्रकाश प्रधान