७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

आविष्कार केन्द्रको प्रगतिको पुनले दिए जानकारी, पाँच वटा समूहले थाले व्यवसायीक उत्पादन



काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रमा रहेका पाँच वटा समूहले उद्यमशीलता थालेका छन् । राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनले सामाजिक संजाल फेसबुकमा आविस्कार केन्द्रका पाँच वटा समूहले थालेको व्यवसायको प्रगतिका बारेमा जानकारी दिएका हुन् ।

यस्तो छ पुनको स्टाटस स् एउटै उदेश्य देशको अर्थतन्त्र सृजना गर्न उद्यमीहरु उत्पादन गर्नु हो । गत तिन बर्षमा अहिले सम्म बल्ल बल्ल तलका ६ समुहहरु उद्यमी बन्लान जस्ता छन् र उद्यमी बन्न निकै कोसिस गरि रहेका छन । तपाईंहरु पनि आउनु होस्, अनुसन्धान तथा विकास गर्नु होस् र उद्यमी बन्नु होस् ।

१. सिराहाका राजेश दासको टीमले इपबथ व्यगचलभथ भन्ने एपको बिकास गरेर काठमाडौँ बाहिर चल्ने बस, माइक्रोबस आदिको टिकटहरु बुकिङ्ग गर्ने ब्याबसाय सुरु गरि सकेको छ । उनीहरुको अफिस अहिले यहीं आविष्कार केन्द्रमा छ ।
२. खोटाङ्गका बिष्णु राईको टीमले माहुरी समुहको नाममा बिभिन्न किसिमका अर्ग्यानिक खाने कुराहरु बनाएर प्याकेजिंग गरि अहिले सैबु १८ भैसेपाटीको मेडिसिटी अस्पताल अगाढी एउटा पसल खोलेर व्यवसाय गर्न थालेका छन् ।
३. खोटाङ्गका उमेश राई र काठमाडौँका महीप केसी को टीमले राष्ट्रिय आविष्कार केन्द्रमा नै बसेर बेबी वार्मरको विकास गरि अहिले सम्म ४० वटा बेची सकेका छन् । अरु ५० वटा बनाउंदै छन् ।
४. ताप्लेजुङ्गका राजेश लिम्बु भाईको टीमले कफी भुट्ने मशिन बनाएर ६ वटा त्यस्ता मशीनहरु बजारमा बिक्रि गरि सकेका छन् । अरु ३ ओटा बनाउंदै छन् ।
५. काठमाडौँका आभास मास्के भाईको टीमले आविष्कार केन्द्रमा सस्तो क्युब भन्ने शैक्षिक स्याटलाइटको विकास गरेका थिए । अहिले उनीहरुले महाराजगन्जमा अन्तरीक्ष प्रतिष्ठान भन्ने संस्था मार्फत विद्यार्थीहरुलाई सिकाउनको लागी साना सस्तो स्याटलाइटहरु बनाएर बेच्न र तालिम दिन सुरु गरि सकेका छन् ।
६. सिन्धुलीको राजेश थापा भाइले आविष्कार केन्द्रमा नै बसेर बाँस र बेतको चोया र सिन्का बनाउने मशीनहरु बनाएर अहिले सम्म ५ वटा बेची सकेका छन् र अरु ४ वटा पनि बनाउंदै छन् महावीर पुनले भनेका छन् ।


प्रतिक्रिया दिनुहोस !