१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

कांग्रेस सभापति देउवा होम आइसोलेशनमा, सचिवालयका दुईजनामा संक्रमण पुष्टि



काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयका दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सचिवालयका सातजनाको स्वाब परीषक्षण भएकोमा दुईजनामा संक्रमण देखिएको हो । आफ्नो सचिवलायका कर्मचारीमा संक्रमण पुष्टिभएपछि देउवा होम आइसोलेशनमा रहेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।

केही दिन यता सपभापति देउवाले भेटघाट पूर्णरुपमा बन्द गरेको उनले बताए । बुधबार आएको रिपोर्टमा दुई कर्मचारीमा संक्रमण देखिएपछि आइसोलेशनमा रहेका देउवाको अहिलेसम्म स्वाब संकलन भने भएको छैन । शुक्रबार स्वाब संकलन गरी परीक्षणको तयारी भइरहेको स्वकीय सचिव भानु देउवाले बताए ।

संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्तिका विषयमा बिहीबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने कार्यक्रम तय भएको भए पनि सचिवलायका कर्मचारीमा संक्रमण देखिए पछि देउवाले सो भेट स्थिगित गरेका छन् ।

यसैबिच कोरोना भाइरसबाट संक्रमित भइ स्वास्थ्य समस्या देखिएपछि चावहिल स्थित ओम अस्पतालको आइसोलेशनमा उपचार गराइरहेका कांग्रेस महामन्त्री शशांक कोइरालले आफ्नो स्वास्थ्य सुधार हुने क्रममा रहेको बताएका छन् ।

बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकको लाइभमा आएर उनले सुधार भइरहेको र केही दिनमा निको भएर फर्किने भन्दै चिन्ता नलिन आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !