४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरे कोरोना संक्रमणमुक्त



विराटनगर – प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे १८ दिनपछि कोरोना भाइरस संक्रमण मुक्त भएका छन्।

मन्त्री घिमिरेको निजी सचिवालयका अनुसार बिहीबार मन्त्री घिमिरेको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । मन्त्री घिमिरेको स्वाबको परिक्षण विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो ।

मन्त्री घिमिरेलाई गत भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा भदौ १३ गते धनकुटामा निमार्ण भएको अस्पतालको निरीक्षणबाट फर्केपछि कोरोनाको लक्षण देखिएको थियो । सो समय उनलाई झाडा पखाला लाग्ने र ज्वरो आएको थियो।

त्यसयता मन्त्री घिमिरे होमआईसोलेशनमा बस्दै आएका थिए। यसअघि भदौ २६ गते गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । मन्त्री घिमिरेलाई हाल सामान्य रुघाखोकी लागेको भए पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ।


प्रतिक्रिया दिनुहोस !