१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

२५ मिनेटमा गठबन्धन भत्कियो भने मुख्यमन्त्री हुन सक्छु : सुरेन्द्र पाण्डे



पोखरा । नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले अहिलेको सत्ता गठबन्धन धेरै दिन नटिक्ने बताएका छन् । नेपाली कांग्रेसले पनि यो गठबन्धनलाई भत्काउन चाहेको पाण्डेले बताएका छन् । शनिबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उनले आकस्मिक रुपमा बनेको गठबन्धन टुटेर फेरि कांग्रेस-माओवादीसहितको गठबन्धन नै कायम हुन सक्ने सम्भावना औंल्याए ।

‘एक र अर्को पार्टीबीच मत नै साटासाट गरेर निश्चित उद्देश्यका लागि बनेको गठबन्धन त २५ मिनेटमा भत्कियो भने केबल सत्ता, मन्त्रीका निम्ति बनेको गठबन्धन रहिरहन्छ भन्ने छैन’, पाण्डेले भने, ‘२५ मिनेटमै अर्कैले सत्ताको गोल ग¥यो, अब हामी फर्काउँछौं ।’

केन्द्रमा छिट्टै सत्ता समीकरण फेरिने र आफू पनि मुख्यमन्त्री हुने बाटो खुल्ने गण्डकीको कांग्रेस संसदीय दलको नेतासमेत रहेका पाण्डेले भने । माओवादी, एमाले र कांग्रेसमध्ये एउटा पार्टीबाट प्रधानमन्त्री, अर्को पार्टीबाट सभामुख चयन भइसकेकाले अब कांग्रेसलाई राष्ट्रपति बनाएर राष्ट्रिय सहमति कायम गर्ने प्रचण्डको आश्वासनपछि उनलाई विश्वासको मत दिएको पाण्डेको दाबी छ ।

अब राष्ट्रिय सहमति कायम गर्न सक्नु हुन्छ कि हुँदैन, प्रचण्ड पनि परीक्षणकै घडीमा रहेको उनको भनाइ थियो । ४ मंसिरको चुनावबाट आएका नयाँ पार्टीहरु पुराना पार्टी भन्दा फरक हुन नसकेको पाण्डेले बताए ।


प्रतिक्रिया दिनुहोस !