२२ मंसिर २०८०, शुक्रबार
 |   Fri Dec 8 2023
Logo

काठमाडौँ उपत्यकामा थप ६१८ जनामा कोरोना पुष्टि



काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६१८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ५०७, ललितपुरका ६१, भक्तपुरका ५० जनामा संक्रमण पुष्टि भएको हो।

नेपालमा कोरोनाकाे संक्रमण पछिल्लो समय तीब्र गतिमा बढिरहेको छ। बिहीबार देशभर १२४६ जनामा कोरोना पुष्टि भएको छ। यससँगै देशभर संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ।


प्रतिक्रिया दिनुहोस !