Wednesday, January 22, 2025

ट्रेन्डिङ :

काठमाडौँ महानगरले विद्युतीय प्रणालीबाट राजस्व संकलन गर्ने

spot_img
spot_img
spot_img

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विद्युतीय प्रणालीमार्फत राजस्व निर्धारण तथा संकलन गर्ने कामको सुरुवात गरेको छ।

महानगरपालिकाले बिहीबार वडा नम्बर २६ लगायत १० वटा वडाहरुबाट सेवा सुचारु गरेको हो।

महानगरपालिकाको सातौ नगरसभाको निर्णय अनुसार विभिन्न १० वटा वडाबाट सेवा सुरु भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत एकनारायण अर्यालले बताएका छन्।

सेवाग्राहीहरुले समयमा कर तिर्न नपाइएको, सेवा समयमा नपाइएको गुनासो महानगरलाई आउने भएकाले अब सबैले आफ्नो घरघरबाट कर तिर्न सक्ने व्यवस्थाको सुरुवात भएको उनले बताए।

यस्तै वडा नम्बर २६ का वडाध्यक्ष ख्यामराज तिवारीले संघीय राजधानीमा रहेको स्थानीय तहले सुरु गरेको रचनात्मक कामले देशभरीका स्थानीय तहलाई सेवा सुरु गर्न सहज हुने बताएका छन् ।

अनलाइन माध्यमबाट कर निर्धारण र संकलन गर्न सकिने भएपछि दैनिक कति राजस्व संकलन भयो भन्ने थाहा पाउन सकिने छ। यसबाट कुन क्षेत्रमा के कति कर उठाउन बाँकी छ भन्ने तथ्याङ्क पनि आउने भएकाले काम गर्न सहज हुने विश्वास महानगरपालिकाले लिएको छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?