१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

म्याच फिक्सिङमा संलग्न रहेको अभियोगमा थप एक जना पक्राउ



काठमाडौं । नेपाल टी २० लिगमा स्पट फिक्सिङमा संलग्न रहेको अभियोगमा थप एक जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पर्साको वीरगञ्ज घर भएका नितेश गुप्तालाई पनि पक्राउ गरेको हो।

उनलाई केही दिन अघि वीरगन्जबाट पक्राउ गरी काठमाडौं ल्याइसकेको सीआईबी प्रमुख एआईजी उत्तम सुवेदीले बताए। ‘स्पट फिक्सिङमा संलग्न ४ नेपाली मध्ये ३ जना पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं। एक जना भने अझै फरार छन्। ६ जना भारतीय संलग्न देखिएका छन्’, सुवेदीले भने।

ब्युरोले यसअघि पूर्वखेलाडी मेहबुब आलम र हालका खेलाडी आदिल अन्सारीलाई पक्राउ गरेको थियो। उनीहरुविरुद्ध अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !