१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

जनयुद्धको फल एमाले र कांग्रेसले उपरखुट्टी लगाएर खाइरहेका छन् : विप्लव



काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धको फल कांग्रेसले उपरखुट्टी लगाएर खाइरहेको टिप्पणी गरेका छन् । काठमाडौंमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘व्यवस्थाको विरुद्ध हामी लड्यौं । जनयुद्धको फल कांग्रेसले उपरखुट्टी लगाएर खाइरहेको छ । जेलमा रहेको कांग्रेसलाई हामीले सडकमा ल्याएको होइन रु माधव नेपाल र केपी ओलीहरु त्यतिवेला दुलाभित्र बसेका थिए । हामीले हो मुक्त गरेको ।’

अहिले सहिद परिवार र माओवादीहरुलाई अपराधी जस्तो ठानेकोप्रति उनले आक्रोश पोखे । विप्लवले दलाल र माफियाको विरुद्ध आफूहरु संघर्षमा जाने बताए । उनले सरकार र सरकार बाहिर रहेका दलहरुसँग बहस गरेर विचार मिल्नेसँग एकता र नमिले कार्यगत एकता गर्नेगरी अघि बढेकोसमेत बताए।


प्रतिक्रिया दिनुहोस !