१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

दुई महिनामा चालु खर्च ६५ अर्ब, विकास खर्च ५ अर्ब मात्रै



काठमाडौं । सरकारी बजेट खर्चले गति लिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन-भदौ)मा कुल बजेट खर्च ७० अर्ब ९७ करोड ८९ लाख रुपैयाँ पुगेको छ । साउनमा भने सरकारले प्रणाली सुधारको काम जारी रहेका कारण धेरै भुक्तानी रोकिएको बताएको थियो ।

तर, भदौमा खर्च बढेको छ । तथ्यांक अनुसार भदौसम्म चालु खर्च ६४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ ।

तर, पूँजीगत खर्च भने भर्खरै ४ अर्ब ७१ करोड ३६ लाख रुपैयाँ मात्र रहेको छ । चालु खर्च लक्ष्यको ६.८२ प्रतिशत र पूँजीगत खर्च भने लक्ष्यको मात्र १.३ प्रतिशत खर्च भएको हो । अर्थ मन्त्रालयका अनुसार कोरोना भाइरसको नियन्त्रण तथा रोकथाममा अपनाइएका उपायका कारण विकास निर्माणका काम अवरुद्ध भएका थिए ।

यसले खर्चमा समेत प्रभाव पार्छ । अर्कोतर्फ साउन र भदौ महिना प्रक्रियागत रुपमा समेत काम र भुक्तानीभन्दा बढी कागजी प्रक्रियामा बित्ने गर्छ । यो दुई महिनामा वित्तीय व्यवस्थातर्फ भने १ अर्ब ५७ करोड २८ लाख रुपैयाँ मात्र खर्च भएको छ । यो कुल लक्ष्यको ०.९१ प्रतिशत हो ।

राजस्वतर्फ दुई महिनामा संकलन १ खर्ब नाघेको छ । दुई महिनामा कुल १ खर्ब ५ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो कुल लक्ष्यको १०.४ प्रतिशत प्रगति हो । यो वर्ष सरकारले १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।

दुई महिनामा भन्सार विभागले ४७ अर्ब ८३ करोड उठाएको हो भने बाँकी आन्तरिक राजस्व हो । महामारीको बीचमा समेत दुई महिनामा उठेको राजस्व संकलनको गति भने तुलनात्मक रुपमा राम्रो मानिएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय