१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

‘युज एण्ड थ्रो’ गरेको भन्दै लुम्बिनीकी पूर्वमन्त्री विमला वलीले त्यागिन् माओवादी



दाङ । लुम्बिनी प्रदेशकी पूर्वस्वास्थ्य राज्यमन्त्री विमला वलीले माओवादी पार्टी छाडेकी छन् । उनले यही माघ २४ मा माओवादी जिल्ला समन्वय कमिटी अध्यक्ष समक्ष राजीनामा बुझाएर माओवादी त्यागेको घोषणा गरेकी हुन् । वलीले राजीनामा पत्रमा माओवादीले आफूलाई ‘युज एण्ड थ्रो’ गरेकाले पार्टी त्यागेको उल्लेख गरेकी छन् ।

उनले भनेकी छन्(झमैले लुम्बिनीमा हाम्रो पार्टीको नेतृत्वमा सरकार बनाउन ठूलो भूमिका खेलेँ । तर, पार्टीले मलाई सापट दिएको पैसा माग्न जाँदा राज्यमन्त्रीबाट राजीनामा दिन बाध्य गरायो ।ञ

श्रीमान्‌को भूमिका एमालेमा हुँदाहुँदै मुटुमाथि ढुंगा राखी माओवादी रोज्दा समेत पार्टीले सामान्यकरण गरी भूमिकाविहीन गराई आफ्नो अपमान गरेको उनको गुनासो छ । ।

एमाले सांसद उत्तरकुमार वलीको निधनपछि तत्कालीन नेकपाले विमलालाई उम्मेदवार बनाएको थियो । उनी दाङ ३ झखञ बाट निर्वाचित भएकी थिइन् । नेकपा विघटनपछि उनले माओवादी केन्द्र रोजेकी थिइन् ।

उनले माओवादी रोजेपछि शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढलेको थियो । त्यसपछि माओवादी नेतृत्वमा सरकार बन्यो । कुलबहादुर केसी मुख्यमन्त्री बनेको केही दिनमा विमला र उनका प्रेमी एकराज बस्नेतको चुम्बन गरेको तस्बिर सार्वजनिक भएको थियो ।

एमाले छाडेर माओवादी रोजेकी उनलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको थियो । प्रेमीको घरमै गएर श्रीमती कुटेपछी माओवादीले उनलाई राजीनामा गराएको थियो । राजीनामा गराएपछि उनी माओवादीसँग असन्तुष्ट थिइन् ।

उनले राजीनामा पत्रमा माओवादीले ठूला अपराधमा संलग्न भएकालाई संरक्षण गरेपनि आफूले सापट दिएको रकम माग्दा राजीनामा गराएको भन्दै असन्तुष्टिसमेत जनाएकी छन् ।


प्रतिक्रिया दिनुहोस !