१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

मुम्बईमा उपचाररत कांग्रेस नेता भण्डारीको आज दुई शल्यक्रिया गरिंदै



काठमाडौं । मुम्बईमा उपचाररत नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको आज दुई शल्यक्रिया गरिंदै छ । बिहान १०ः३० बजे पहिलो र दिउँसो १ः३० बजे दोस्रो शल्यक्रिया हुने भण्डारीसँगै मुम्बईमा रहेका नेपाली कांग्रेसका नेता योगराज कँडेलले जानकारी दिए ।

काठमाडौंको बुद्धनगरस्थित निवासमा बुधबार राति ग्याँस सिलिण्डर दुर्घटनामा परेर भण्डारी र उनकी आमा हरिकला जलेका थिए । आमाको बिहीबार कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । भण्डारीको श्वासनली र फोक्सोमा गम्भीर असर देखिएपछि उपचारका लागि बिहीबार नै भारत लगिएको थियो ।

उनी भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरको भेन्टिलेटरमा छन् । गएराति साढे १० बजे डा. सुनिल केस्वानीले र साढे ११ बजे डाक्टर सन्दीप मिस्त्रीले उनको स्वास्थ्य परीक्षण गरेका थिए ।

डा। केस्वानीको भनाइ उद्धृत गर्दै कँडेलले भनेअनुसार भण्डारीको शरीरमा फ्लुइडको मात्रा डबल गरी बिहान १०ः३० बजे पहिलो र दिउँसो १ः३० बजे दोस्रो सर्जरी गरिने छ । अर्का डाक्टर संदीपले भने अनुसार भण्डारीका सबै पारामिटरहरू नर्मल रहेका छन् । तर उनलाई ४८ घण्टा भेन्टिलेटरमै राखिने छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय