Wednesday, January 15, 2025

ट्रेन्डिङ :

भयरहित विश्वका लागि विज्ञान र प्रविधि : प्रम

spot_img
spot_img
spot_img

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्ती र मानव जातिको सुरक्षा तथा सुखद भविष्यका लागि विज्ञान र प्रविधिको प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।

आठौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “विनाशकारी बम बनाउनुभन्दा हिँड्न नसक्ने व्यक्तिका लागि ‘ह्विल चियर’ बनाउनु महŒवपूर्ण हुन्छ । त्यसैले विश्व समुदायलाई के आग्रह गर्न चाहन्छु भने यो विज्ञान र प्रविधिको सदुपयोग गर्ने समय हो, दुरुपयोगको होइन । भयरहित विश्वका लागि विज्ञान र प्रविधिको प्रयोग गरौँ ।”

उहाँले मुलुकलाई विज्ञान र प्रविधिको प्रयोगसहित आधुनिकीकरण गर्न लागिएको बताउँदै थप्नुभयो, “डिजिटल नेपाल बनाउने हाम्रो सङ्कल्प छ । ‘पेपरलेस’ बनाउने प्रयास छ । अरू क्षेत्रमा पनि प्रविधिको प्रयोग गर्न सचेत छौँ । आगामी दिनमा लगानी अझ बढाउने, आवश्यक संस्था निर्माण गर्ने र ती संस्थालाई समुचित ढङ्गले गतिशील बनाई प्राप्त उपलब्धिबाट देशलाई अगाडि बढाउनेमा दृढ छौँ ।”

प्रधानमन्त्री ओलीले राष्ट्रिय विज्ञान दिवसको मूल समारोह समितिद्वारा आयोजित भर्चुअल कार्यक्रममा विज्ञान र प्रविधिका क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्न लगानी गरिने बताउनुुभयो । उहाँले विज्ञान र प्रविधिको विकासका सन्दर्भमा नेपालले विभिन्न केन्द्र तथा विश्वविद्यालयको स्थापना गर्ने कार्य अगाडि बढाएको चर्चा गर्नुभयो । उहाँले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्न गठन आदेश जारी भइसकेको र यसका निम्ति कानुनी प्रक्रिया पूरा गरेर अझ गतिशील ढङ्गले अगाडि बढिरहेको उल्लेख गर्नुभयो ।

उहाँले न्युटनले गुरुत्वाकर्षणको सिद्धान्त १७औँ शताब्दीमा प्रतिपादन गरेको तर भाष्कराचार्यले१२औँ शताब्दीमै सो सिद्धान्त पत्ता लगाएको प्रसङ्ग चर्चा गर्दै भन्नुभयो, “ग्यालिली ग्यालिलियोले पत्ता लगाएको तथ्य पनि भाष्कराचार्यले सन् ११५० मा नै पत्ता लगाउनुभएको थियो । त्यति बेलै उहाँले आफ्नो गणितबाट पृथ्वीको गोलाइ नाप्नुभएको थियो । जुन आज पनि फरक परेको छैन । ग्रह सूर्यलाई केन्द्र मानेर वरिपरि घुम्छन् भनेर उहाँले त्यतिबेलै पत्ता लगाउनुभएको थियो । सन् १२१० मा सिद्धान्त शिरोमणि नामक पुस्तकमा उहाँले यी सबै कुरा लेखिसक्नुभएको थियो । ती कुरा ओझेल पर्दा पछि अनेक वैज्ञानिकलाई पत्ता लगाउन धेरै मिहिनेत गर्नुप¥यो ।”

प्रधानमन्त्री ओलीले गतिशील दुनियाँमा परिवर्तित ढङ्गले अगाडि बढ्न सक्नेले मात्र विकास गर्न सक्ने धारणा व्यक्त गर्दै सबैले परिवर्तनको गति समाउन सक्नुपर्छ भन्नुभयो । “हामी पनि विज्ञान र प्रविधिको विकासको दौडमा रचनात्मक ढङ्गले सरिक हुन चाहिरहेका छौँ तर पछाडि परेका छौँ”, उहाँले थप्नुभयो, “अब पछाडि पर्न मिल्दैन । हामी पछाडि पर्नुपर्ने कुनै आवश्यकता पनि छैन ।”

उहाँले हाम्रा पुर्खाले गरेका खोज र अनुसन्धानलाई पुनस्र्थापित गर्नुपर्ने तथा यो कुनै हानथापको विषय नभएको बताउँदै ज्योतिष, गणित, खगोलशास्त्र, भौतिकशास्त्र, भूगर्भ विज्ञान लगायत सबै पक्षमा भएका खोज र अनुसन्धानलाई एकपटक उजागर गर्नुपर्नेछ भन्नुभयो । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको विकास गर्न सरकार सकारात्मक रहेको बताउँदै वैज्ञानिक चेतनामूलक समाजमा विज्ञानको महŒवपूर्ण भूमिका रहने भएकाले सबैले वैज्ञानिक चिन्तन राख्नु जरुरी रहेको बताउनुभयो ।उहाँले सातै प्रदेशमा सेन्टर अफ एक्सिलेन्स स्थापना गरी विज्ञान र प्रविधिको विकास गरिने चर्चा गर्दै यस क्षेत्रका जनशक्ति पहिचान गरी तिनको सहयोगमा द्रुत गतिमा विकास हासिल गर्न सम्भव छ भन्नुभयो ।

वातावरणविद् इन्जिनियर डा. विन्दुनाथ लोहनीले मुलुकको कुल गार्हस्थ्य उत्पादनको प्रमुख आधार विज्ञान र प्रविधि रहेको चर्चा गर्दै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना हुनु धेरै सकारात्मक विषय रहेको बताउनुभयो । उहाँले धेरै मुलुकमा राष्ट्रिय अनुसन्धान केन्द्र रहने गरेको र यस्तो केन्द्र नेपालमा पनि स्थापना हुनुपर्छ भन्नुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. सञ्जय शर्माले राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति कार्यान्वयन गर्न रणनीतिक कार्ययोजना तयार भइरहेको जानकारी दिँदै वैज्ञानिक संस्कृति प्रवद्र्धन गर्न वैज्ञानिक अनुसन्धानकर्तालाई सक्रिय रहन अनुरोध गर्नुभयो ।

नेपाल सरकारले २०६९ साल मङ्सिर ८ गते अमृत साइन्स क्याम्पस स्थापना दिवसको दिनलाई राष्ट्रिय विज्ञान दिवसका रूपमा मनाउने निर्णय गरे अनुरूप २०७० सालबाट हरेक वर्ष असोज १ गते यस दिवस मनाइँदै आएको छ । यस वर्षका लागि ‘स्वस्थ र गुणस्तरीय जीवनका लागि विज्ञान’ भन्ने नारा तय गरिएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?