८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

काठमाडौं महानगरको १५० मिटरको पर्खाल सुकुम्बासीले डोजर चलाएर भत्काए



काठमाडौं । काठमाडौं महानगरपालिकाले अवैध संरचनामा डोजर लगाउनु नौलो रहेन । अवैध संरचना हटाउन नगर प्रहरीले अभियान नै चलाएको छ । तर मनोहरा क्षेत्रमा भने महानगरको संरचनामा सुकुम्बासीले डोजर चलाएका छन् ।

आयोजनाको उपनिर्देशक निर्मलराज बरालका अनुसार यो काठमाडौं महानगर र मध्यपुर ठिमी नगरपालिबाट संयुक्त रुपमा २१ सय रोपनी सञ्चालित आयोजना हो । आयोजनाले मनोहरा खोलामा स्वीकृत डीपीआर अनुसार बाटो खोल्ने, रिटर्निङ वाल लगाउने, ढल बिछ्छाउने काम गर्दै आइरहेको छ ।

त्यसक्रममा काठमाडौं वडा नम्बर ३२ को मनोहरा खोला किनारको डीपीपआर अनुसारको बाटोमा रिटर्निङ वाल लगाएको थियो । तर वर्षामा बस्तीमा खोला छिर्ने भन्दै विवाद गरे । आयोजनाका अधिकारीहरु हुँदै छलफल गरेर अघि बढ्ने भनेर फर्किए । तर छेउमै रहेको सुकुम्बासी बस्तीका मानिसहरुले ३ फागुनमा डोजर चलाएर १५० मिटरको पर्खाल भत्काएका छन् ।

उपनिर्देशक बरालका अनुसार भत्काएको पर्खालको फोटोसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा निवेदन दिइएको छ । दुई दिनसम्म प्रशासनले चासो नदिएको भन्दै मेयर बालेन शाहले असन्तुष्टि जनाएका छन् । उनले साामाजिक सञ्जाल फेसबुकमासार्वजनिक संरचनामा अतिक्रमण रोक्न राज्यको माथिल्लो निकाय निरह भएको टिप्पणी गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !