१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी कारागारबाट रिहा हुदै



काठमाडौ । नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरी जेलबाट रिहा हुने भएका छन्। कैलाली कारागारमा थुनामा रहेका सांसद चौधरी आइतबार रिहा हुन लागेका हुन्।

प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको आममाफी सूचीमा सांसद चौधरीको पनि नाम समावेश भएको स्रोतले जानकारी दिएको छ। कैलाली कारागार निकट स्रोतका अनुसार आममाफीमा परेकाहरुलाई आइतबार १० बजेपछि आवश्यक प्रक्रिया पूरा गरेर कारागारबाट छुटाउने तयारी अघि बढाइएको छ। उनीसहित कैलाली कारागारबाट चार जना रिहा हुने भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी हुन्। उनलाई विसं २०६६ सालमा ट्याक्टरमा आगजनी गरेको घटनामा अदालतले दोषी ठहर गरेर ६ महिना कैद सजाय सुनाइएको थियो।तर उनले कैद भुक्तान भने गरेका थिएनन्।


प्रतिक्रिया दिनुहोस !