७ चैत्र २०७९, मंगलवार
 |   Tue Mar 21 2023
Logo

मोदीको जन्मदिनमा भारतका युवाहरुले मनाए ‘राष्ट्रिय बेरोजगार दिवस’



भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन बिहीबार भारतका कतिपय स्थानमा युवाहरुले बेरोजगार दिवसका रुपमा मनाएका छन्।

देशका विभिन्न शहरमा बेरोजगार युवाहरुले राष्ट्रिय बेरोजगार दिवसका रुपमा मनाएका हुन्।

बेरोजगार युवाहरुको यो प्रदर्शनमा प्रमुख विपक्षी दलको पनि समर्थन थियो। यो प्रदर्शनमा विपक्षी दलका नेता तथा कार्यकर्ताहरुको पनि सहभागिता थियो।

राजस्थानका पूर्व उप–मुख्यमन्त्री तथा कांग्रेस नेता सचिन पायलटले पछिल्लो ६ वर्ष यता युवाहरुलाई रोजगारका नाममा मात्र झुठो आश्वासन प्राप्त भएको बताएका छन्।


प्रतिक्रिया दिनुहोस !