२४ मंसिर २०८०, आईतवार
 |   Sun Dec 10 2023
Logo

‘रेमडेसिभीर’ चलाएपछि कोरोना संक्रमित संशाकको स्वास्थ्यमा सुधार



काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा केही सुधार आएको छ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि मंगलबार ओम अस्पताल भर्ना भएका डा. कोइरालालाई ‘रेमडेसिभीर’ औषधी चलाएपछि स्वास्थ्यमा सुधार अएको अस्पतालका निर्देशक डा. विश्वनाथ कोइरालाले बताए।

उनले भने, ‘रेमडेसिभीर सुरु गरेका छौँ, उहाँको स्वास्थ्यमा सुधार आएको छ। अब दुई दिन औषधीको डोज दिएर डिस्चार्ज गर्ने योजना बनाएका छौँ। आइसीयूमा राखे पनि आज अक्सिजन दिनु परेको छैन। ज्वरो हराएको छ। खाना आफै खाइरहुनु भएको छ।’

निमोनियासँगै छातीमा संक्रमण देखिएकाले कोरोना भाइरसको उपचारमा हाल प्रयोग हुँदै आएको ‘रेमडेसिभिर’ चलाउन थालिएको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

बिहीबार भिडियो सन्देश जारी गर्दै डा. कोइरालाले चाँडै नै निको भएर घर फर्किने बताएका छन्।

‘मेरो चिन्ता गर्नुपर्दैन, दुई तीन दिन अस्पताल बसेर म डिस्चार्ज हुन्छु’, उनले भिडियो सन्देशमा भनेका छन्।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय