१३ चैत्र २०७९, सोमबार
 |   Mon Mar 27 2023
Logo

पल शाहको मुद्दा : जाहेरवालीसँगको अडियो संवादमै आशंका



काठमाडौं । जबरजस्ती करणीको कसुरमा एक वर्षदेखि तनुहँ कारागारमा रहेका अभिनेता पल शाहले सफाई पाएका छन्। जिल्ला अदालतले बाल यौन दुरुपयोगको कसुरमा दोषी ठहर गरेका शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको हो।

उच्चबाट सफाइ पाएसँगै पल सोमबार तनहुँ कारागारबाट रिहा हुने भएका छन्। उनी ठिक एक वर्ष अघिदेखि थुनामा छन्। २०७८ फागुन १५ गते पललाई जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा राखिएको थियो। तनहुँ अदालतले सफाइ दिए पनि शाहलाई नवलपुर अदालतले भने बलात्कार मुद्दामा सफाई दिँदै बालयौन दुरुपयोगको तर उनलाई कसुरमा सजाय तोकेको थियो।

पीडितले नै जबरजस्ती करणीसहितको यौन दुर्व्यवहार नभएको भनि बकपत्र गरेको, जाहेरीलाई नै अस्वीकार गरेको, साक्षीहरुले पनि जबरजस्ती करणी गरेको होइन भनि बकपत्र गरेको, घटनाको ५ महिनापछि जाहेरी दर्ता गर्नु जस्ता आधारलाई मान्दै उच्च अदालतले सफाई दिएको फैसलामा उल्लेख छ। यस्तै उनीहरु दुईबीच भएको अडियो संवादलाई पनि शंकारहित मान्न नसकिएको फैसलामा उल्लेख छ।

फैसलामा भनिएको छ, ‘पल शाहलाई कसुर नै परिवर्तन गरी अढाई वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना, १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने नवलपुर जिल्ला अदालतको भदौ २१ गतेको फैसला मिलेको देखिएन’, उच्च अदालतको फैसलामा भनिएको छ। उक्त फैसला उल्टी भई पल शाहले सफाउने पाउने उच्चले ठहर गरेको छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय