१३ चैत्र २०७९, सोमबार
 |   Mon Mar 27 2023
Logo

दार्चुलामा जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँचजना घाइते



काठमाडौ । दार्चुलामा भारतीय नागरिक सवार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन्।

मधेस प्रदेश ०३–००–०३४० नम्बरको जीप महाकाली नगरपालिका–४ बांगाबगर खानेपानी ट्यांकी नजिक लास्कु खोलामा दुर्घटनामा परेको हो।

दुर्घटनामा गम्भीर घाइते भएकी भारतको पिथौरागढ जिल्लाको धार्चुला सिमखोला बस्ने ६० वर्षीया कालीदेवी नेगीको उपचारको क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका गम्भीर अवस्थाका तीन जनालाई उपचारका लागि भारतको पिथौरागढ रेफर गरिएको दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले जानकारी दिए।

स्थानीय डुङरी मन्दिरमा पूजापाठको लागि गएकाहरु सवार जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय