१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

हुम्लाको स्याउ, प्रतिगोटा दश रुपैयाँमा बिक्री हुँदै



सिमकोट – हुम्लाको अर्गानिक स्याउ बजारमा आएर बिक्री सुरु भएको छ। स्याउ पाक्न सुरु भएपछि बजारमा बिक्री हुन थालेको छ।

सिमकोट बजारमा स्याउ खाँदै गरेका सरोज रावतले प्रतिदाना दश रुपैयाँ पर्ने स्याउ रसिलो र स्वादिलो भएको बताए।

स्याउ किसान मालती शाहीले दैनिक तीन डोको स्याउ बिक्री हुन थालेको बताइन्।

अघिल्लो वर्षको तुलनामा यो वर्ष स्याउकाे उत्पादन केही घटेको किसानहरुले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !