६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

आक्रोशित सेवाग्राहीहरुद्वारा यातायात कार्यालयका कर्मचारीहरुमाथि हातपात



निर्धारित समयमा परीक्षा सुचारु नभएको भन्दै आक्रोशित सेवाग्राहीहरुले यातायात कार्यालयका कर्मचारीहरुमाथि हातपात गरेका छन् ।१२ बज्दा समेत सुचारु नभएपछि परीक्षा दिन पुगेका सेवाग्राहीहरुले आक्रोशित हुँदै कर्मचारीमाथि हातपात गरेका हुन ।

विहान १० बजे शुरु हुनुपर्ने लिखित परीक्षामा समयमा शुरु नभएको भन्दै सेवाग्राहीले दक्षिणढोका ट्रायल सेन्टरमा चावहिल यातायातका कर्मचारीमाथि कुटपिट गरेका हुन ।

त्यहाँ लिखित परीक्षा सञ्चालन हुँदै थियो । सधैं ढिलो गरी परीक्षा सञ्चालन हुँदै आएको सो केन्द्रमा आज पनि निर्धारित समयभन्दा दुई घण्टा समय व्यतित भइसक्दा समेत परीक्षा सञ्चालन नभएपछि आक्रोशमा आएका सेवाग्राहीले कर्मचारीमाथि कुटपिट गरेका हुन ।

सेवाग्राहीबाट कुटिने कर्मचारीहरुमा यातायात कार्यालय चावहिलका लेखा अधिकृत जगन्नाथ उपाध्याय र अधिकृत छैटौं कूलबहादुर बस्नेत,र होमबहादुर खड्का लगायत रहेका त्यहाँ खटिएका सुरक्षाकर्मीले जनाएका छन । बस्नेत लिखित परीक्षाको संयोजक हुन ।खड्का नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य हुन । सो परीक्षामा लेखा अधिकृत सहभागी हुनुपर्ने कुनै कारण थिएन तर अधिकृत आफ्ना आफन्तलाई पास गराउनका लागि प्रयोगात्मक परीक्षा र लिखित परीक्षामा सदैव जाने गर्दछन्। सेवाग्राहीका अनुसार यी कर्मचारीहरुले परीक्षा ढिला गरी आफ्ना मान्छेलाई पास गराउन खोजिएको देखे पछि उनीहरुले कर्मचारीमाथि हातपात गरेका हुन ।

हातपात हुँदा छुट्टयाउन जाने ट्राफिक प्रहरी कार्यालयबाट खटिएका श्रेष्ठ र लुँइटेलका थरका प्रहरीले पनि पिटाइ खाएका छन् । कर्मचारी र प्रहरीलाई हातपात गरेका भन्दै अहिले दुई जना परीक्षार्थी (एक महिला र एक पुरुष)लाई बौद्धमा प्रहरीमा लगेर थुनिएको छ । परीक्षार्थीहरुले उनीहरुको निशर्त रिहाईको माग गरिरहेका छन् ।

यातायातका कर्मचारीहरुले ट्रायल सेन्टरसँगको सेटिगमा मोटरसाइकलबाट २ हजार,डोजर तथा ठूला गाडीको परीक्षामा पाँच हजार असुल गरी सिसि क्यामरा नभएको कोठामा परीक्षा सञ्चालन गर्दै परीक्षामा पास गराउँदै आएका थिए ।

त्यहाँ परीक्षा सञ्चालन गर्न अहिले २ ट्रक प्रहरी तैनाथ गराइएको छ । यो बिषयमा चावहिल यातायातका हाकिम विष्णु भट्टराईलाई टेलिफोन सम्पर्क गर्दा उनको फोन उठेन ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय