१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

कोरोनाले रेकर्ड तोड्यो, आज एकै दिन २०२० जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०२० संक्रमित भेटिएका हुन् ।

हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४३ हजार ८२० पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । पछिल्लो २४ घण्टामा ८७१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २९५ र होम आइसोलेशनमा ८ हजार ०८८ जना रहेका छन् ।

यस्तै आज पीसीआर ११ हजार ४५८ जनाको भएको छ ।


प्रतिक्रिया दिनुहोस !