२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

नेपालविरुद्ध यूएईका अरविन्दको पनि अर्धसतक



काठमाडौँ । आईसीसी लिग २ मा यूएईका अर्का ब्याटरले पनि अर्धसतक पूरा गरेका छन्। तेस्रो क्रममा आएका भ्रित्या अरविन्दले ३२ औं ओभरमा अर्धसतक पूरा गरेका हुन्। अहिले उनी ७१ रनमा खेलिरहेका छन् ।

८८ बल खेलेका उनले ४ चौका र १ छक्काको मद्दतमा अर्धसतक पूरा गरे। यसअघि कप्तान मोहमद वासिमले अर्धसतक पूरा गरेका थिए। ४९ बलमा ६३ रन जोडेका वासिमलाई सन्दीप लामिछानेले आउट गरेका थिए।
३३ औं ओभरको खेल सकिँदा युएईले ४ विकेटको क्षतिमा १४९ रन जोडेको छ।


प्रतिक्रिया दिनुहोस !