१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

नेपाली खेलाडीहरुको क्षमता अद्भुत छ : प्रशिक्षक मोन्टी देशाई



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देशाईले ५० ओभरमा ३११ रनको लक्ष्य सम्हालिएर खेलेको अवस्थामा पछ्याउन कठिन नहुने भन्दै खेलाडीमा आत्मविश्वास रहेको बताएका छन् । यही लक्ष्यका साथ खेल्दा आजको खेलमा जित निकाल्न सफल भएको प्रतिक्रिया दिए ।

खेल अवधिमा विपक्षी टोलीले केही रणनीति अपनाए पनि अनुशासित ब्याटिङ गर्दा नतिजा पोल्टामा परेको देशाईले बताए । नेपालले प्राप्त गरेको सफलतापछि भावुक देखिएका देशाईले समर्थकलाई धन्यवाद दिए ।

सो क्रममा अहिले भएको टोलीमा धेरै खेलाडीमा अद्भुत क्षमता भएको र भविष्यमा उनीहरुले नेपाली क्रिकेटको लागि राम्रो गर्नसक्ने देशाईले बताए । नेपालले यूएईलाई हराएपछि शीर्ष तीनमा अटाउँदै विश्वकप छनोट खेल्न योग्य भएको हो ।

विश्वकप छनोट आगामी जुन र जुलाईमा जिम्बाबेमा हुनेछ । जिम्बाबेमा हुने छनोट खेलमा नेपालले अब टेस्ट मान्यताप्राप्त राष्ट्रसहित अन्य देशसँग छनोट खेल खेल्नेछ । छनोटमा कूल १० टोली हुनेछन् । विश्वकप छनोटमा सुपर लिग–२ का पुछारका पाँच टोली, लिग–२ का शीर्ष तीन टोली नेपाल, ओमान र स्कटल्यान्ड तथा प्लेअफ क्वालिफायरका शीर्ष दुई टोली गरी कूल १० टोली हुनेछन् ।


प्रतिक्रिया दिनुहोस !