
काठमाडौं । चलचित्र कलाकारहरूको छाता संगठन नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन्। शनिबार सम्पन्न संघको १९ औँ साधारणसभाबाट रेजिना उप्रेतीलाई २६ मतले हराउँदै अध्यक्षमा निरौला निर्वाचित भएका हुन्।
उनका निकटतम् प्रतिद्वन्द्वी रेजिना उप्रेतीले २०९ मत पाउँदा निरौलाले २६८ मत प्राप्त गरेका थिए। ७ सय सदस्य रहेको संघको निर्वाचनमा कुल ४६८ मत खसेको थियो।
संघको शिवहरि नेपाल बैरागी, महासचिवमा सविन श्रेष्ठ र सचिवमा रामेश्वर बुर्लाकोटी विजयी भएका छन्। यस्तै कोषाध्यक्षमा सुनिल कटवाल र सहकोषाअध्यक्षमा पवित्रा आचार्य निर्वाचित भएको जानकारी संघले दिएको छ।