१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरुलाई कांग्रेसको ह्विप



काठमाडौं । नेपाली कांग्रेसले सोमबार संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सांसदहरुलाई ह्विप जारी गरेको छ। आइतवार बिहान संसद भवन नयाँबानेश्वरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि कांग्रेसले विश्वासको मतका लागि सांसदहरुलाई ह्विप जारी गरेको हो।

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त प्रचण्डलाई दिएको समर्थन गत फागुन १५ गते नेकपा एमालेले फिर्ता लिइसकेको छ। यस्तो अवस्थामा प्रचण्ड अहिले अल्पमतमा छन्। यस्तोमा उनले सोमबार विश्वासको मत लिने भएका हुन्। एमालेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि समर्थन फिर्ता लिएकाले प्रचण्डले फेरि संसदबाट विश्वासको मत लिनुपर्ने भएको हो।


प्रतिक्रिया दिनुहोस !