१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

बलात्कारको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ



धनगढी – कैलालीको जोशीपुर गाउँपालिकामा कार्यरत एक अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन्।

जोशीपुर गाउँपालिकामा कार्यरत अधिकृत भानुुभक्त उपाध्यायलाई इलाका प्रहरी कार्यालय भजनीको प्रहरी टोलीले शनिबार दिउँसो पक्राउ गरेको हो।

पक्राउ परेका अधिकृत उपाध्यायलाई शनिबार बेलुका नै जिल्ला प्रहरी कार्यालय ल्याइएको छ।

जोशीपुर गाउँपालिकामै कार्यरत महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा अधिकृत उपाध्याय पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले पुष्टि गरेका छन्।

उनले शनिबार नै अधिकृत उपाध्यायविरुद्ध मुद्दा दर्ता गरी उनलाई प्रहरी हिरासतमा राखिएको जानकारी दिए।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता बिष्टले जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !