७ चैत्र २०७९, मंगलवार
 |   Tue Mar 21 2023
Logo

पायल घोषले लगाइन् अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप



बलिउड अभिनेत्री पायल घोषले चलचित्रकर्मी अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप लगाएकी छन्।

पायल घोषले अनुराग कश्यपलाई मेन्सन गरेर ट्वीटरमा लेखेकी छन्, ‘अनुराग कश्यपले म सँग जबरजस्ती गर्ने प्रयास गरेका थिए। नरेन्द्र मोदी जी तपाईँसँग अनुरोध छ कि यीनलाई कानूनी कारबाही होस् र देशलाई थाहा होस् वास्तविकता के हो । मलाई थाहा छ यो भनिरहनु मेरा लागि हानिकारक छ र ममाथि सुरक्षा खतरा बढेको छ। कृपया सहयोग गरिदिनुहोस्।’

पायलको यो ट्वीटलाई अभिनेत्री कंगना रनौतले रिट्वीट गरेर #MeToo #ArrestAnuragKashyap मा लेखेकी छन्, ‘हरेक आवाजले महत्व राख्छ । अनुराग कश्यपलाई गिरफ्तार गर।’

पायल घोषको यो ट्वीटलाई रिट्वीट गर्दै भारतको राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्माले घटनाको पूरा विवरणबारे जानकारी मागेकी छन्।

रेखा शर्माको रिट्विटमा जवाफ दिँदै पायलले भनेकी छन्, ‘जरुर म अवश्य जानकारी दिनेछु।’

अनुराग कश्यपले पनि आफूमाथि लागेको आरोपबारे मध्यरातमा चारवटा ट्विट गरेका छन्। उनले लेखेका छन्, ‘क्या बात! यति समय लिएर मलाई चुप लगाउने प्रयास भयो । ठिकै छ, मलाई चुप लगाउने प्रयासमा यति झुठ बोलियो कि महिला भएर पनि महिलाको खेदो खनियो । अलिकति मर्यादा राखौँ मेडम । म मात्रै यति भन्छु कि जो आरोपहरु ममाथि लागेका छन् यी सबै बदनियतपूर्ण छन्।’

अनुरागले अर्को ट्वीटमा भनेका छन्, ‘ मेडम दुईवटा विवाह गरेके छु अपराध हो भने मञ्जुर छ । धेरै प्रेम गरेको छु त्यो पनि कबुल गर्छु।’

अनुराग कश्यपले पायलको आरोपको जवाफमा भनेका छन्, ‘चाहे मेरो पहिलो श्रीमती हुन् या दोस्रो या कुनै प्रेमिका या अरु कुने अभिनेत्री जोसँग मैले काम गरेको छु या ती सबै युवतीहरु जो मसँग टीममा रहेर काम गर्छिन्, या ती सबै जोसँग मैले उठबस गरे एक्लै या जनताकाबीचमा । म आरोप लगाइ जस्तो व्यवहार न कहिल्यै गर्छु न यस्ता क्रियाकलाप सहन्छु । बाँकी जे हुन्छ हेर्दै जाउँला । तपाईँको भिडियोमा ने देखिन्छ कि कति सत्य हो कति गलत, तपाईँलाई प्यार । तपाईँको अंग्रेजीको जवाफ हिन्दीमा दिएकोमा माफी।’


प्रतिक्रिया दिनुहोस !