१३ मंसिर २०८०, बुधबार
 |   Wed Nov 29 2023
Logo

पेरिसडाँडामा नेकपाको सचिवालय बैठक सुरु



काठमाडौँ –पछिल्लो समय लगातार प्रधानमन्त्री निवास बालुवाटारमा वा नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दै आएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ।

पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएपछि पहिलोपटक पूर्व माओवादीको केन्द्रीय कार्यालय रहेको पेरिसडाँडामा आइतबार नेकपाको बैठक सुरु भएको हो ।

सो बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओली पनि सहभागी भएका छन्।

अशोज २ गते बस्ने भनिएको बैठक अन्तिम समयमा स्थगित गरी आइतबारका लागि सारिएको थियो।

सचिवालय बैठकमा गएको भदौ २६ गते स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयनबारे छलफल हुँदैछ । सो सहमति अनुसार प्रचण्डले कार्यकारी अध्यक्षको जिम्मवारी पाएका थिए ।


प्रतिक्रिया दिनुहोस !