१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

ट्वीटरको अर्को अनपेक्षित परिवर्तन, निलो चराको ठाउँमा कुकुरको चित्र



काठमाडौं । सिइओ एलन मस्कले ट्वीटरको एक अर्को अनपेक्षित परिवर्तन गरेका छन् । यस पटक मस्कले ट्वीटरको लोगो नै फेरिदिएका छन् । यो सँगै ट्वीटरबाट निलो चरा गायब भएको छ र ट्वीटरको लोगोमा कुकुरको चित्र ल्याइएको छ । मस्कले क्रिप्टोकरेन्सी डोजेक्वाइनमा रहेको कुकुर अर्थात् डगीको मिमलाई नै ट्वीटरको लोगो बनाएका हुन् ।

अब ट्वीटरमा लगअन गर्ने बित्तिकै त्यही कुकुरको चित्रले तपाईंलाई स्वागत गर्नेछ । साथै ट्वीटर होमपेजको माथिल्लो बायाँपट्टि रहेको लोगोमा पनि शिवा तथा काबोसु नामक उक्त कुकुरको चित्र नै देखिन थालेको छ । विवादास्पद क्रिप्टोकरेन्सी डोजेक्वाइनको लोगोमा पनि यही कुकुरको तस्वीर छ । हाल मस्कले उक्त क्रिप्टोकरेन्सीको २५८ अर्ब डलर फिरौती सम्बन्धी मुद्दा झेलिरहेका छन् । त्यो मुुद्दा म्यानहटन अदालतमा जारी छ । मस्कमाथि डोजेक्वाइनको पिरामिड शैलीबाट रकम उठाएको तथा क्रिप्टोकरेन्सीमार्फत् नै ठगी तथा जुवा खेलाएको पनि आरोप छ ।

ट्वीटरको निकै सुन्दर तथा आइकनिक निलो चराको लोगोको ठाउँमा कुकुरको पहेँलो तथा सुन्तला रङको तस्वीर देखा परेसँगै प्रयोगकर्ताहरु अचम्मित भएका छन् । मस्कले एउटा ट्वीटर मार्फत् ट्वीटरको लोगो उक्त डगी नै भएको पुष्टि गरेका छन् । यसअघि कतिपय प्रयोगकर्ताहरुले ट्वीटर ह्याक भएर त्यस्तो भएको हुनसक्ने अड्कलबाजी गरेका थिए । तर त्यसको केहीबेरपछि मस्कले ट्वीट गरेका थिए । ट्वीटरको लोगो परिवर्तन भएसँगै ट्वीटरमा ३म्इन्भ् ह्यासट्याग ट्रेन्डिङ भएको छ ।


प्रतिक्रिया दिनुहोस !